Byroad News

Loading...

अक्सिमिटरमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना


अक्सिमिटरमा कालोबजारी गर्नेलाई दुई लाख जरिवाना

बाँके/२४ जेठ 
नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख रुपियाँ जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिनु भएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकको इशा मेडिकल हलले दुई हजार २ सय रुपियाँ परेको अक्सिमिटर तीन हजार एक सय रुपियाँमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो ।

अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई पनि जनही रु २० हजार रुपियाँका दरले जरिवाना गरेको थियो ।

Comments

KATHMANDU WEATHER