थाहानगर/२४ जेठ
थाहानगर ८ आग्रा घर भै काठमाडौंमा विभिन्न व्यवसायमा संलग्न युवाहरुले कोरोना रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
आज (सोमबार) नगरपालिका कार्यालय, वडा नम्बर ७ र ८ मै पुगेर सामग्री हस्तान्तरण गरिएको हो ।
विष्णुहरि सापकोटा, रबिन्द्र कार्की, हरिशरण सापकोटा, रामशरण ढकाल, अनिल आचार्य, नारायण सापकोटालगायत १३ जनाका युवाहरुले विभिन्न सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
करिव १ लाख रुपियाँ मूल्यका सामग्रीहरु वडा नम्बर ७ का अध्यक्ष सोनम सिं स्याङ्तान, ८ का अध्यक्ष टिकाराम रुम्बा र थाहानगरका उपप्रमुख खड्ग गोपालीलाई सो सामग्री हस्तान्तरण गरिएको छ ।
नगरपालिका कार्यालयमा अक्सिजन सिलिण्डर १ थान, साबुन १ सय ४० वटा, सर्जिकल मास्क ३ हजार थान, पिपिई सेट ४ थान हस्तान्तरण गरिएको हो । यसैगरी, थाहा वडा नम्बर ७/८ लाई अक्सिमिटर-३/३ थान, सेनिटाइजर ११/११ लिटर, मास्क २१ सय/२१ सय, पिपिई सेट ७ लाई ५ थान ८ लाई ६ थान वितरण गरिएको हो ।
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments