Byroad News

Loading...

डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने


डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने

काठमाडौं/२३ जेठ

डेनमार्क सरकारले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफमार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाइसकेको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्। अब युनिसेफले नै आवश्यक प्रक्रिया अगाडि बढाउने छ। डेनमार्क सरकारले एस्ट्राजेनिकाको १४ लाख डोज खोप दिने कुरा पत्रमा लेखिएको डा टिंकरीले जानकारी दिए।

Comments

KATHMANDU WEATHER