Byroad News

Loading...

नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारीसाधन कार्बाहीमा


नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारीसाधन कार्बाहीमा

थाहानगर/२३ जेठ
मकवानपुर प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ दोहनमा प्रयोग गरिएका सवारी साधनहरु नियन्त्रणमा लिई कार्बाहीका लागि पठाइएको छ । 

उत्खनन्मा प्रयोग गरिएका एउटा स्काभेटर, एउटा जेसिवि, ३ वटा ट्रिपर र बैशाखदेखि हालसम्म ४६ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
अबैध रुपले नदिजन्य पदार्थहरु ढुङ्गा, गिटी, बालुवा, ग्राबेल दोहन, उत्खनन् भइरहेको सूचनाका आधारमा प्रहरीले आइतबार ती सवारीसाधनहरु नियन्त्रणमा लिइएको हो । 

प्रहरीले हेटौंडा बस्तिपुरस्थित राप्ती खोला तथा विभिन्न क्षेत्रहरुबाट नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई कार्बाहीका  लागि जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुमा पठाइएको जिप्रका मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।  

Comments

KATHMANDU WEATHER