हेटौंडा/२३ जेठ
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौडा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टको रकम मकवानपुर घरजग्गा ब्यवसायी संघले तिरिदिएको छ । हेटौँडा उपमहानगरपालिकाको समन्वयमा जडान भएको प्लान्टको ३८ लाख रुपियाँ ब्यवसायी संघले तिरिदिएको हो ।
आज अस्पतालमा भएको एक कार्यक्रमबिच उक्त रकम प्लान्ट खरिद गरेर ल्याउने दिपक खनाललाई हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष ध्रुब घिमिरेले खनाललाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समस्यामा भएको अवस्थामा खनालले आफुहरुलाई सहयोग गरेको बताउनुभयो । महतले आलोचना गर्नेहरु गरिरहेपनि आफ्नो सत्कर्म निरन्तरता रहने बताउनुभयो । हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा आफु निकै चिन्तित रहेको र तत्कालै निर्माण गर्न सफल भएको भन्दै मेयर महतले आलोचनाबिच काम गर्नुपर्ने धारणा गर्नुभयो ।
कार्यक्रममा बोल्दै मकवानपुर घरजग्गा ब्यवसायी संघका अध्यक्ष घिमिरेले हेटौँडामा अक्सिजनको अभावमा मानिसहरुको ज्यान जान नपरोस भन्ने विषयमा नगर प्रमुख ज्यादै चिन्तित भएको आफुहरुले महशुस गरेको बताउनुभयो । मानिसको ज्यान जोगाउने अक्सिजनको प्लान्ट स्थापनामा सहयोग गर्न पाउँदा आफुहरुलाई निकै खुसी लागेको बताउनुभयो ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments