काठमाडौं/जेठ २३
कोरोना संक्रमण भएका व्यक्ति १० महिनासम्म पुनः संक्रमित हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ ।
युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितबीच गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण दर निकै न्यून देखिएको हो । सो कुरा ल्यासेन्ट जर्नलमा प्रकाशित छ । उक्त अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने हुँदा पुनः संक्रमणको जोखिम न्यून हुने देखिएको बताइएको । यो अध्ययनमा कोरोनाविरुद्धको खोप लगाएका मानिसहरु भने सहभागी थिएनन् ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments