थाहानगर/२१ जेठ
थाहा नगरपालिकामा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल ७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा १९ जनामा पोजेटिभ रिपोर्ट आएको डा. रिकेश कार्कीले बताउनु भयो । यो समेत गरि थाहानगरमा कूल सक्रिय संक्रमितको संख्या ५ सय २९ पुगेको छ ।
यसैबीच, कोरोना संक्रमणबाट शुक्रबार थाहा नगरपालिका १, खानीगाउँका एक पुरुषको मृत्यु भएको छ । लामो समयदेखि मधुमेहबाट ग्रस्त उहाँको शुक्रबार हेटौंडा अस्पतालमा मृत्यु भएको हो । यो सहित थाहानगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments