थाहानगर/२१ जेठ
लायन्स क्लव अफ थाहा पिसको मातृत्वमा रहेको लियो क्लव अफ थाहा पिसमा नयाँ सदस्यता खुल्ला गरिएको छ । लियो क्लवले वर्ष २०२१/०२२ का लागि सदस्यता खुल्ला गरिएको हो ।
लियो क्लव अफ डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत रहेको क्लवले अनलाइन फाराम भरि सदस्यताका लागि दरखास्त आव्हान गरिएको क्लवका प्रथम उपाध्यक्ष कमल विष्टले बताउनु भयो । क्लवले स्थापनादेखि नै विभिन्न सामाजिक कार्यहरुमा संलग्न हुँदै युवाहरुलाई नेतृत्व र क्षमता विकासमा समेत सक्रिय सहभागी गराउँदै आएको छ । १६ वर्ष उमेर पूरा भई २९ वर्ष ननाघेका नागरिकले २८ जेठसम्ममा दरखास्त दिन पाउने प्रथम उपाध्यक्ष विष्टले बताउनु भयो । सदस्यताका लागि कुनै शुल्क नलाग्ने समेत विष्टले जानकारी दिनुभयो ।
फारमका लागि तलको लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments