Byroad News

Loading...

कोरोनाविरुद्धको खोप तत्काल निर्यात नगर्ने भारतको भनाइ

नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

कोरोनाविरुद्धको खोप तत्काल निर्यात नगर्ने भारतको भनाइ

एजेन्सी/२० जेठ 
भारतले तत्काल कोरोनाविरुद्धको खोप अन्य मुलुकमा निर्यात नगर्ने बताएको छ ।

भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता अरविन्द अरिन्दम वाग्चीले तत्काल भारतले कोरोना खोप निर्यात नगर्ने बताउनु भएको हो ।

नेपाल, बङ्गलादेशलगायतका मुलुकले खोपका लागि निरन्तर ताकेता गरिरहेको सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले अहिले भारतको ध्यान विदेशबाट भारत खोप ल्याउने रहेको बताउनु भयो ।

प्रवक्ता वाग्चीले भारतले उत्पादन गरेको खोप आन्तरिक खोप अभियानका लागि नै प्रयोग हुनेसमेत बताउनु भयो । यसैबीच, संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको लागि विशेष पहल गर्न अनुरोध गर्नु भएको थियो । 

Comments

KATHMANDU WEATHER