काठमाडौं/२० जेठ
अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठले आफूले यौन उत्पीडनको सामना गरेको खुलासा गरेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक प्रशंसकले ‘तपाईंले कहिल्यै यौन उत्पीडनको सामना गर्नुभएको छ ?’ भनेर सोधेको प्रश्नमा उनले इन्डस्ट्रीमा काम गर्न सुरु गर्दाको समयमा यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् । उनले यो विषयमा पहिलो पटक मुख खोलेकी हुन् ।
उनले लेखेकी छिन्, ‘हो, मैले यौन उत्पीडनको सामना गरेको छु । जब मैले यो उद्योगमा काम गर्न सुरु गरेको थिएँ त्यसबेला । तर, म उनीहरुको अनुचित कार्यको बारेमा बोल्न डराइन ताकि तिनीहरूले अर्को पटक मसँग वा अर्को कोहीसँग भेट्नुअघि दुई पटक सोचुन् ।’ म्यूजिक भिडियोबाट करिअर सुरु गरेकी उनले कोबाट यस्तो व्यवहार सहनु परेको थियो भन्ने चाहिँ खुलाएकी छैनन् ।
प्रकृति ६ वर्षपछि ठूलो पर्दामा देखिँदैछिन् । फिल्म ‘बिहे पास’ बाट अभिनयमा पुनरागमन गरेकी उनले निषेधाज्ञाभन्दा अगाडि फिल्मको छायांकन पूरा गरेकी हुन् । प्रवेश पौडेलको निर्देशनमा बनेको फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिएको छ । फिल्ममा उनीहरु श्रीमान-श्रीमतीको भूमिकामा छन् । फिल्मको छायांकन सकेर प्रकृति अष्ट्रेलिया गइसकेकी छन् ।
फिल्म ‘होस्टेल’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले यसपछि ‘जिन्दगी रक्स र उत्सव’ मा काम गरेकी थिइन् । विवाह गरेपछि उनी श्रीमानसँग अष्ट्रेलियामा बस्दै आएकी छन् । ‘बिहे पास’ को छायांकन सकेपछि उनले पल शाहसँग ‘को होला त्यो ?’ गीतको फिमेल भर्सनमा पनि अभिनय गरेकी थिइन् ।
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments