बीरगञ्ज/२० जेठ
विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज नगर क्षेत्रमा रहेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि फेसबुक मेसेन्जर तथा फेसबुक पेजबाट पटक–पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरी आपत्तिजनक आरोप लगाई चरित्र हत्या गर्ने धम्क्याउनेलगायत कानुनविपरित क्रियाकलाप गर्दै आएका सौरभ साहलाई प्रहरीले पक्राउ गरेको हो ।
आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता भनी वाईओबी नामको फेसबुक ग्रुप पेजसमेत चलाउने गरेका २४ वर्षीय साहलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको बीरगञ्ज प्रहरीले जनाएको छ ।
Featured News
-
21 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments