दुइ ट्रक आपसमा ठोक्किदा दुइको मृत्यु
तीन जना घाइते
हेटौंडा/१९ जेठ
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेमा १९ जेठ साँझ दुइ वटा ट्रक आपसमा ठोक्किएर दूर्घटना हुँदा दुइजनाको मृत्यु भएको छभने ३ जना घाइते भएका छन् ।
वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ५९६३ नम्बरको मेसिन लोड भएको ट्रक र सोहि दिशाबाट आउँदै गरेको ना ५ ख १८६४ नम्बरको चामल बोकेको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दूर्घटनामा अन्दाजी ३० र ३५ बर्षका दुइ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुबैको पहिचान खुलिसकेको छैन । उनीहरुको उपचारको क्रममा सन्चो अस्पताल हेटौडामा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।
दूर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी–१० का ५० बर्षीय ध्रुव चौधरी र सहचालक रौतहट गजुरा –८ का २० बर्षीय बिकेश चौधरी र अर्का ट्रक चालक घाइते भएका हुन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

Comments