काठमाडौं/१९ जेठ
काठमाडौं उपत्यकामा विगत एक महिनादेखि जारी निषेधाज्ञा थप गर्दै जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको १९ जेठमा बसेको बैठकले जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
निषेधाज्ञाको समय थपिए पनि यसको मोडालिटी परिवर्तन भने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान ९ बजेसम्म खुल्ने दिने निर्णाय गरेको हो।
प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी बनाएको छ।
अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ। उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन्। आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो।
यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा बिहीबार राति मध्यरातमा सकिँदै छ। प्रशासन कार्यालयले यसअघि खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको थियो।
केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको जनाएको छ । विज्ञले भने कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन्।
-
19 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments