Byroad News

Loading...

मकवानपुरमा ३१ जेठसम्म निषेधाज्ञा गर्न सिफारिस


मकवानपुरमा ३१ जेठसम्म निषेधाज्ञा गर्न सिफारिस

हेटौँडा /१९ जेठ 
मकवानपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप्न सिफारिस भएको छ । १९ जेठमा बसेको कोभिड संकट ब्यवस्थापन समिति मकवानपुरको बैठकले कोरोना संक्रमण अझ कमी नआएको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको हो । तर यो पटक निषेधाज्ञा केहि सहज बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार अब हुने निषेधज्ञा केहि खुकुलो हुने भएको हो ।
खाद्यन्न, तरकारी तथा फलफुल पसल प्रत्येक दिन बिहान ४ देखि ९ बजेसम्म सञ्चालन गर्न पाउने छ । तर, हेटौंडाको खोपेगल्ली तथा बसपार्कको खुद्रा तरकारी पसल भने बन्द हुनेछ । बैंकहरु हप्ताको तीन दिन (आइतबार, मंगलबार र बिहीबार) बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । रेमिट्यान्स ब्यवसाय पनि बैंक अनुसारनै तीन दिन सोहि समयमा सञ्चालन हुने, वित्तीय सस्था (सहकारी)हरु हाललाई बन्दनै रहने, सार्वजनिक यातायात पनि बन्द नै रहने सिफारिस गरेको छ भने अन्य सबै प्रकारका ब्यवसायहरु बन्दनै गर्न सिफारिस गरेको छ । यसैगरी थाहानगरमा १९ जेठमा बसेको कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले थाहामा पनि जोखिम कायम नै रहेको ठहर गर्दै जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम हुने निर्णय गरेको छ ।

Comments

KATHMANDU WEATHER