काठमाडौं । १८ जेठ
विश्वकप र एसियन कपको संयुक्त छनोट खेल्न कुवेत पुगेको नेपाली फुटबल टोलीले सोमबार प्रशिक्षण गरेको छ । इराकसँग शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली टोली आइतबार राति कुवेत पुगेको थियो ।
त्यहा नेपाली टोलीको पीसीआर परीक्षण नेगेटिभ आएपछि सोमबार पहिलो ट्रेनिङ गरिएको हो । त्यसअघि नेपाली टोली जिममा सहभागी भएको थियो । नेपालले काज्मा स्पोर्ट्स क्लबमा प्रशिक्षण गरेको हो ।
सन् २०२२ मा हुने कतार विश्वकप र २०२३ मा हुने चीन एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले कुवेतमा समूह बीको बाँकी ३ खेल खेल्नेछ ।
नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments