काठमाडौँ । १८ जेठ
प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाईका गठन गरिएको संवैधानिक इजलासका दुई सदस्य न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले इजलासबाट आफूलाई अलग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले जेठ २३ गते नयाँ इजलास तोक्नु हुने भएको छ ।
१८ जेठको इजलासमा प्रधानन्याधीश जबराले वरिष्ठताको आधारमा इजलास तोक्ने बताउनु भएको हो । अब यो विषयमा निवेदक र विपक्षलाई बिबाद नगर्न समेत आग्रह गर्नु भयो । यो सँगै १८ जेठको इजलास सकिएको छ ।
इजलासमा नेकपा विभाजनसम्मन्धी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र त्यसमा पुनरावलोकन अस्वीकार गर्ने न्यायाधीश तेजबहादुर केसी समावेश भएको भनेर रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाउनु भएको थियो । तर, १८ जेठमा दुवै न्यायाधीशले त्यो मुद्दाको प्रतिनिधिसभा विघटनसँग सम्बन्ध नभएको भन्दै इजलासबाट अलग हुन अस्वीकार गर्नु भएको थियो । त्यसलगत्तै इजलासका सदस्यहरु दिपक कार्की र आनन्दमोहन भट्टलाईले त्यसमा असहमति व्यक्त गर्दै इजलास छोड्नु भएको थियो । अनि प्रधानन्याधीशले नयाँ इजलास गठन गर्ने घोषणा गर्नु भएको हो ।
-
1 month agoमकवानपुर २ बाट रास्वपाका उप्रेति विजयी
-
2 months agoथाहामा एमालेको भोलेन्टर्स फोर्स गठन
-

Comments