बाइरोड/थाहानगर/१८ जेठ
नेपाल रेडक्रस सोसाइटी मकवानपुरले १८ जेठमा थाहा नगरपालिकालाई अक्सिजन र ब्लाङ्केटसहित विविध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सोसाइटीका केन्द्रीय सदस्य प्रताप विष्ट , जिल्ला शाखाका खेमराज सापकोटा, पिताम्बर बास्तोला, लक्ष्मण भट्टराई, रामजीप्रसाद खतिवडा, हरिकृष्ण कार्कीसहितको टोलीले स्वास्थ्य सामग्री थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरेको हो । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले थाहा नगरपालिकालाई एउटा अक्सिजन कन्सेन्ट्रेटर, २० थान ब्लाङ्केट, ५ थान पिपिइ र एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरिएको हो । यसैगरी, सामग्रीहरुमा तारपोलिन १० थान, बकेट २० थान र स्वास्थ्य किट सय थान छन् । नगरपालिकाको तर्फबाट नगर प्रमुख लवशेर विष्टले स्वास्थ्य सामग्री बुझ्दै धन्यवाद दिनुभयो । सो अवसरमा नगर उपप्रमुख खड्ग गोपालीको समेत उपस्थिति थियो ।
-
20 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments