○बाइरोड/थाहानगर/१८ जेठ
यस वर्ष पनि शैक्षिक सत्रको अन्त्यतिर आएर पठनपाठन बन्द भएपछि थाहानगरमा कुनैपनि तहको वार्षिक परीक्षा हुन सकेको छैन । देशका विभिन्न स्थानीय निकायहरुले आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पार्न मातहतका बिद्यालयहरुलाई निर्देशन दिन थालेको छ । थाहानगरले भने कोरोनाको जोखिम कम भएपछि आधारभूत तह (कक्षा ८) को कुनै बैकल्पिक विधिबाट परीक्षा संचालन गरेर मात्र वार्षिक नतिजा प्रकाशन गर्ने योजना रहेको नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले बताउनु भयो ।
शिक्षा अधिकारी रेग्मीले बाइरोडसङ्ग कुरा गर्नु हुँदै "आन्तरिक मूल्यांकन विधिबाट नतिजा तयार पारेर छिट्टै सार्वजनिक गरिपनि तत्काल शैक्षिक सत्र सुरु हुने अवस्था छैन, त्यसैले बरु केही समय पर्खेर बैकल्पिक बिधिबाट भएपनि परीक्षा गर्नुपर्छ भन्ने सोच हो मेरो ।" उहाँले भन्नुभयो "बरु आधा आधा घण्टाको फरकमा विद्यार्थी बोलाएर प्रश्नपत्र र उत्तरपुस्तिका दिएर पठाउने र भोलिपल्टै फिर्ता लिने गरेर पनि परीक्षा संचालन गर्न सकिन्छ, केहि नगरी नतिजा निकाल्नु भन्दा यो विधि पनि उपयुक्त हुनसक्छ ।" अन्य कक्षाहरुको पनि सम्भव भएसम्म परीक्षा संचालन गरेर वा अन्य कुनै विकल्पबाट नतिजा प्रकाशनका लागि छलफल गरेर निर्णय गरिनेछ ।
थाहानगरमा ५३ वटा सामुदायिक र १० वटा संस्थागत गरि ६३ वटा बिद्यालयहरु छन् । नगरमा १८ वटा सामुदायिक र ६ वटा संस्थागत गरि २४ वटा आधारभूत तहका बिद्यालयहरु छन् । "आधारभूत तह (कक्षा ८) को प्रश्नपत्र तयारी अवस्थामा छ, अब परीक्षा समितिको बैठक बसेर आवश्यक निर्णय हुनेछ ।" शिक्षा शाखाका देबेन्द्र कार्कीले भन्नुभयो ।
बैशाख १३ गतेदेखि कोरोना संक्रमितको जोखिम बढेपछि नगरका सबै बिद्यालयहरुको भौतिक कक्षाहरु बन्द छन् । तर, नगरका केहि संस्थागत बिद्यालयहरुले तत्कालै अनलाइन कक्षा चलाउदै आएका छन् । परीक्षाका लागि नगर शिक्षाको निर्देशन कुरिरहेका संस्थागत बिद्यालयहरुले नियमित रुपले अनलाइन विधिलाई नै निरन्तरता दिदै पहूँचमा रहेका विद्यार्थीहरुको सिकाइ क्रियाकलाप जारी राख्ने नगर प्याव्सनले जनाएको छ । उता, जनकल्याण माविले प्राविधिक धारतर्फका कक्षाहरु पनि अनलाइन विधिबाट संचालन गर्दै आएकोमा तत्काल ११-१२ मा साधारणतर्फका कक्षाहरु पनि अनलाइनबाट संचालन गर्ने तयारी गरिरहेको बिद्यालयले जनाएको छ ।
-
23 hours agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
2 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments