काठमाडौं । १७ जेठ सरकारले एसइई परीक्षा २०७७ को नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट गर्ने निर्णय गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव १७ जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसइई परीक्षा आन्तरिक मूल्याङ्कन विधि अनुसार गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले १६ जेठमा मात्रै एसइईको परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउन भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा शिक्षामन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेका थिए । मूल्यांकन विधिको विस्तृत खाका भने आउन बाँकी छ ।
Featured News
-
2 days agoनेउवा महासंघ बागमती प्रदेशलाई थाहाको स्वागत
-
-
4 days agoझम्केश्वरी माविको अध्यक्षमा लामिछाने

Comments